धनुषा, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनकपुरमा कालो झण्डा देखाउने क्रममा आइतवार एक दर्जन युवा पक्राउ परेका छन् ।
यूवाहरुले कालो झण्डा देखाउने क्रममा उनीहरुलाई कुटपीट गर्दै प्रहरीले नियन्त्रणमा लिएका हुन् । पक्राउ पर्नेहरुमा मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्र, परिवर्तनको लागि यूवाको संयोजक सुशिल कर्ण, मधेश क्रान्ति संघर्ष समितिका नविन यादव, संयुक्त यूवा क्लबका संयोजक धर्मेन्द्र साह, यूवा दिपेन्द साह, प्रशान्त झा, जानी खान लगायतकालाई प्रहरीले बल प्रयोग गरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखेका छन् ।
संविधान संशोधन विना स्थानीय निकायको निर्वाचन खारेजको माग गर्दै जनकपुरमा शान्तिपूर्णरुपमा यूवाहरुले भानु चोकमा प्रधानमन्त्री दाहाललाई कालो झण्डा देखाउदैँ संशोधन विनाको निर्वाचन खारेज गर, झुठा मुद्दा खारेज गर भन्दै यूवाहरुले नारावाजी गरेका थिए ।
तस्विर एवम् समाचार श्रोतः घनश्याम मिश्र/जनकपुर