• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जनस्वास्थ्य कार्यालय अगाडि सरसफाई

राजविराज, ६ जेठ । ‘सरसफाई तपाईको हातमा हामी युवा तपाईको साथमा’ भन्ने मूल नाराका साथ सप्तरी युथ नेपालले थालेको ५० हप्ते सरसफाइ सप्ताह ३९औं सप्ताह पुरा गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको अगाडिको परिसर तथा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अगाडिसम्मको बाटो, नाला तथा झारहरु सरसफाइ गरिएको हो । जनस्वास्थ्य कार्यालय अगाडि नै झारपात उम्रिनुका साथै नाला बन्द रहेकोले अत्याधिक दुर्गन्ध रहँदैआएको थियो । उक्त क्षेत्रमा सरसफाइ गरिएको जानकारी सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवले जानकारी दिएका छन् ।
सरसफाई कार्यक्रममा जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुको समेत सहकार्य रहेको थियो । कार्यक्रममा स्थानीयहरुको समेत उल्लखनीय सहभागिता रहेको थियो । युवाहरुद्धारा गरिएको उक्त सरसफाइमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट मास्क तथा ग्लोब्स उपलब्ध गराइएको थियो । राजविराज नगरपालिकाको ट्रयाक्टरले संकलन भएको फोहोर उठाउनमा सहयोग गरेको थियो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत नागेन्द्र चौधरी, नेपाली काँग्रेसका युवा नेता ईर्साद अन्सारी, युवा अभियन्ता सत्येन्द्र यादव लगायतको उपस्थिति थियो ।