• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजपा नेता यादवले भने ‘निर्वाचनमा भाग लिने वातावरण बनाउ’

राजपा नेता यादवले भने ‘निर्वाचनमा भाग लिने वातावरण बनाउ’

चन्दन रौनियार
सुनसरी, ६ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।
काठमाडौंमा भएको साक्षात्कारमा पार्टीका नेता महेन्द्रराय यादवले यस्तो माग गरेका हुन् । यादवले तीन ठूला दल काँग्रेस, एमाले र माओवादी केन्द्र आफ्नो पार्टीलाई निर्वाचनमा सहभागी नगराउन लागि परेको आरोप समेत लगाए । उनले आफ्नो पार्टीलाई बाहिरै राखेर दोश्रो चरणको निर्वाचन भए मुलुकमा अनिष्ट हुने र त्यसको जिम्मेवारी सरकार, सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेले लिनुपर्ने चेतावनी समेत दिए ।
नेता यादवले पहिलो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्ने लगायतका ४ बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई पनि दवाव दिए । उनले तीन ठूला दलले सत्ताको मोहमा मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप पनि लगाए । नेता यादवले आफूहरु निर्वाचन विरोधी नभएको बताए । यादवले सत्तापक्ष आफैले मारकाट गरेर, मतदातालाई किनेर, डण्डा बर्साएर जसरी पनि निर्वाचन जित्ने नीति लिएको उल्लेख गर्दै आपत्ति जनाए । उनले राष्ट्रिय एकताको नाममा मुलुकलाई बिखण्डन गराउने काममा एमाले लागि परेको आरोप लगाए ।