• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कलैयामा अन्तर युवा जिल्ला सम्मेलन सम्पन्न

कलैयामा अन्तर युवा जिल्ला सम्मेलन सम्पन्न

कलैया, ५ जेठ। नेपाल युवा परिषद् बाराको आयोजना तथा कलैया सिटी जेसिजको सहकार्यमा शुक्रवार एक दिने अन्तर युवा जिल्ला सम्मेलन आयोजना गरिएको छ ।

नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल वीरगञ्ज, हाम्रो प्रयास बारा, श्री साहारा युवा क्लब ३ बारा, राष्टिय युवा महासंघ बारा, मधेशी पत्रकार समाजको सहयोगमा कलैयाको एभरेष्ट लजमा आयोजित सम्मेलनको उद्घाटन गर्दै नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले युवाहरु देशको कर्णधार भएकोले शिक्षाको साथ साथै अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुपर्नेमा जोड दिए । युवा विद्यार्थीहरुलाई विशेष गरि टेक्निकल एजुकेशन प्राप्त गरि समाज र राष्ट्रकोलागि योगदान दिनुका साथै आधुनिक शिक्षा प्रणाली अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिए ।
नेपाल युवा परिषद् बाराका संयोजक ओम प्रकाश गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँ, कार्यक्रम संयोजक सुदर्शन बिडारी, वीरगञ्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्य, कलैया जेसिजका अध्यक्ष रामबालक राउत, महागढीमाई नगरपालिकाका कार्यकारी प्रमुख, बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोदमणि महतो, हिमराइटस् बाराका राजेश कुशवाहा, यु.एन.ह्याट्याट पर्साका संयोजक सरोज चौरसिया, सहारा युवा क्लबका निरमा चौधरी, आर आर एन.सि.डि.पी. बारा संयोजक विपिन दास, मधेशी पत्रकार समाज बाराका अध्यक्ष अनिल गुप्ता, भोजपुरी अध्यन तथा अनुसन्धान केन्द्र बाराका संयोजक प्रभु यादव, आर.डि.सि.एक्शन एडका राज नारायण राम, आकाश एफ.एम वीरगंजका आशिक अन्सारी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा समाज परिवर्तनमा युवाको भुमिका युवा उद्यमशिलता, युवा मोटिभेषण, आई.टी., लगायतको विषयमा डा.दिपक शाक्य, सरोज बानिया, बिक्की मेहताले कार्यक्रममा सहभागी बारा पर्सा,रौतहटका करिब दुई सय युवाहरुलाई प्रशिक्षण दिईएको छ ।
कार्यक्रममा युवा उद्यमी बिक्की महतो, सङ्गीतमा विशाल यादव, खेलकुदमा पवन सरार्फ, समाजिक क्षेत्रमा निरमा चौधरी, सञ्चार क्षेत्रमा राजेश कुशवाहा, श्यामबाबु यादव, सृजा थापा साजिर मन्सुरलाई सम्मान गरिएको छ । नेपाल युवा परिषद्बाराका संयोजक गिरीले देशलाई स्वीट्जरल्याण्ड सरह बनाउन सक्ने क्षमता पनि नेपालका युवाहरुमा रहेको दाबी गरे । कार्यक्रममा बाराका विभिन्न स्कुलका विद्यार्थीहरुले आफनो कला संस्कृती झल्किने गीत तथा नृत्यहरु प्रस्तुत गरिएको छ ।