बृजमान तामाङ /बिरेन्द्र बजार ४ जेठ । सप्तरीको शम्भुनाथ, कृष्णसवरण गाउँपालिका लगायतका उत्तरी क्षेत्रका गाउँहरुमा हात्तीको एक समुहले आतङ्क मच्चाएका छन् ।
बुधबार सम्साँझै आएको ३ वटा हात्तीको समुहले शम्भुनाथ नगरपालिका–७ का बुधाई खंग र बिहारी चौधरीको घरमा क्षती पु¥याएका छन् । हात्तीले घर भत्काउनुको साथै घरमा भएको अन्नपात छरेर क्षति पुर्याएको पिडीतहरुले बताएका छन् । हात्तीले घर भत्काए पछि पीडितहरुको बिचल्ली भएको स्थानीय कन्तलाल चौधरीले जानकारी दिए ।
यसैगरी सोही हात्तीको समुहले कृष्णासरवन गाउँपालिका २ स्थित मुकेश राईको घर भत्काएको पीडितले बताईएको छ । दिनभरी चुरे वन क्षेत्रमा बस्ने र साँझ परेपछि गाउँ पस्ने भएकोले सप्तरीको उतरी क्षेत्रका बासिन्दाहरु त्रसित भएका छन् । हात्तीले आक्रमण गर्ने भयले रातभर जाग्राम बस्नु परेको स्थानियवासिन्दाले जानकारी दिएका छन् ।