• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

पत्रकार महासंघ सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदास्थापन

पत्रकार महासंघ सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदास्थापन

बृजमान तामाङ/राजविराज, २७ वैशाख । नेपाल पत्रकार महासंघ सप्तरीको हालै सम्पन्न नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पदस्थापन गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षता तथा पूर्व उपाध्यक्ष एवम् केन्द्रीय प्रतिनीधि यज्ञ शर्माको प्रमुख आतिथ्यमा बुधवार एक समारोहको बीच पदस्थापना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटुवाल, निर्वाचन समितिका संयोजक एवम् पूर्व अध्यक्ष बैधनाथ झा, निर्बमान अध्यक्ष खतिवडाले प्रमाण—पत्र, दोसला, फुलमाला र अबिर लगाएर नव निर्वाचित पदाधिकारीहरुलाई पदास्थापना गराएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कटुवालले पत्रकारहरुले सचेत भएर कलम चलाउनु पर्ने बताए । आफु राम्रो भए सबैजना राम्रो हुने बताउदै पित्त पत्रकारीताबाट अलग रहनुपर्नेमा उनले जोड दिए । पूर्व अध्यक्ष विष्णु कुमार मण्डलले पत्रकारिताभित्र झाँगिदै गएको बेतिथिको अन्त्य हुनुपर्नेमा जोड दिए । पत्रकारिता पेशालाई राजनीतिबाट मुक्त राख्नुपर्ने उनको भनाई थियो ।
निवर्तमान अध्यक्ष खतिवडाले पत्रकारहरुको पेशागत सुरक्षा र भौतिक सुरक्षा लगायतका अनगिन्ती समस्या र चुनौती विद्यमान रहेको बताए । उनले समस्या र चुनौतीसँग जुझ्न सबैजना एकजुट हुनुको विकल्प नरहेको बताए ।
नवनिर्वाचित अध्यक्ष जितेन्द्र खड्गाले निर्वाचनको परिणामबाट कसैले जित र पराजित भएको महशुष गर्नुपर्ने बताए । उनले निर्वाचनको क्रममा निर्वाचित हुन नसकेका सम्पुर्ण सदस्यलाई मिलाएर लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा पूर्व अध्यक्ष बैद्यनाथ झा, संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादव, राष्ट्रिय जनता पार्टी नेपाल नेता सुनिल झा नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिह भन्साली, उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शंकर दास लगायतकाले समेतले शुभकामना मन्तब्य व्यक्त गरे ।
समारोहमा महासंघका पूर्व अध्यक्षहरु शिवहरि भट्टराई, शम्भु झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय राजविराजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादव, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक यादव राज उप्रेती लगायतको समेत उपस्थिति थियो ।
कार्यसमितिको अध्यक्ष पदमा जितेन्द्र खड्गा, उपाध्यक्षमा श्यामसुन्दर यादव, महिला उपाध्यक्षमा सुधा देव, सचिवमा जितेन्द्र कुमार झा ‘जितु’, सह–सचिव(खुला)मा चन्दन कुमार यादव, समावेशी सह–सचिवमा डम्बर राई र कोषाध्यक्षमा शुभचन्द्र झा विजयी भएका थिए । कार्यसमितिको मधेशी सदस्यतर्फ बिन्दु कुमार यादव, जनजाती सदस्यमा भूपेन्द्र कुमार मण्डल, दलित सदस्यमा राजकुमार पासवान, महिला सदस्यमा रक्षा चौधरी, खुल्ला सदस्यतर्फ भुषण कुमार सिंह, कुष्णदेव यादव, गङ्गा प्रसाद साह, र बृजमान तामाङ्ग विजयी भएका थिए ।
यसैगरी केन्द्रीय पार्षदमा मुरली प्रसाद यादव, अवधेश कुमार झा, भोला कुमार पासवान, देवराम यादव, गणेशलाल देव, शैलेन्द्र मोहन झा, अनिल कुमार अनल, व्यासशंकर उपाध्याय, माला कर्ण र ढमला भट्टराई निर्वाचित भएका थिए ।
प्रदेश पार्षदमा राजेश कुमार झा, मिथिलेश यादव, सुमन मिश्र, नवीन गुप्ता, महेन्द्र प्रसाद मण्डल, महेश्वर भारती, पवन कुमार मिश्र, वैद्यनाथ यादव, शिवनारायण साह, मनोज कुमार माझी, देवेन्द्र मिश्र, रश्मी झा र भोला रमण उप्रेती विजयी भएका थिए ।