• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

जेवियर इन्टरनेशनल स्कुलमा पनि चुनावको चहलपहल

जेवियर इन्टरनेशनल स्कुलमा पनि चुनावको चहलपहल

काठमाण्डौ, २४ वैशाख । चुनावी माहोलको समयमा काठमाण्डौंको एक ए लेभल स्कुलमा समेत चुनाव लागेको छ ।
वैशाख ३१ गते हुने चुनावलाई लक्षित गरि स्कुले विद्यार्थीहरुलाई समेत स्थानिय चुनावको बिषयमा अनुभुति होस भनेर काठमाण्डौंको बोध तुसाल स्थित जेवियर इन्टरनेश्नल स्कुलमा सोमवार चुनाव हुने भएको छ । यता स्कुलका विद्यार्थीहरु तीन पार्टिमा विभाजन भई आफनो उमेदवारीकोलागि नाम दर्ता गराएका छन् ।
सोस्योलिस्ट, डेमोक्राटिक र रिपब्लिकन नाम रहेको उक्त सबै पार्टिबाट एक मेयर, एक उपमेयर, चार वडा सदस्य (एक महिला अनिवार्य) गरि उमेदवारले उम्मेदवारीकोलागि नाम दर्ता गराएको सो चुनावी कार्यक्रमका संयोजक विकाश श्रेष्ठले बताए । सोस्योलिस्टको चुनाव चिन्ह बन्द कोठा भित्र हरिण, रिपब्लिकनको चुनाव चिन्ह जेबरा र डेमोक्राटिकको पोलार बियर रहेको छ ।
मतदान स्थल, पत पेटिका, मत पत्र छापिने सबै काम पुरा भएको श्रेष्ठले जानकारी गराए । सोमवार बिहान ९ बजे देखी चुनाव सुरु हुने र कुल १७० जनाले भोट हाल्ने उनले जानकारी गराए । नमुना चुनावको सुरक्षाकालागि सो स्कुलमा तीन दर्जन भन्दा बढि स्काउट विद्यार्थी समेत परिचालन गराइनेछ ।