• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजको समग्र विकासबारे युथ नेपालद्वारा अन्तरक्रिया

राजविराजको समग्र विकासबारे युथ नेपालद्वारा अन्तरक्रिया

राजविराज, २३ वैशाख । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहेका सांसद उमेश कुमार यादवले सप्तरीका युवाहरुले थालेको सरसफाई अभियानमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राजविराज नगरपालिकाको सहयोगमा सप्तरी युथ नेपालद्वारा राजविराज नगर क्षेत्रमा हरियाली, फोहोरमैला व्यवस्थापन, सडक पेटी व्यवस्थापन, छाडा पशु व्यवस्थापन एवं नियन्त्रण सम्बन्धी सरोकारवालासँग आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । राजविराज नगरपालिकालाई हरेक दृष्टिकोणले नमूना बनाउनकालागि आफु प्रयासरत रहेको बताउँदै उनले भने ‘नगरको विकासप्रति म चिन्तित छु, युवाहरुको अभियान उदाहरणीय रहेकोले म हरेक तरहले सहयोग गर्न तयार छु ।’
सरसफाइ तपाईको हातमा हामी युवा तपाईको साथमा भन्ने मुल नाराका साथ सप्तरी युथले सञ्चालन गरेको ५० हप्ते सरसफाइ कार्यक्रम अन्र्तगत ३५ औं हप्ता अन्र्तगत कंचनपुर रोड देखि २ सय मिटर पम्प नहरसम्मको सरसफाइ गरि सरोकारवालासंग समेत अन्तरकृया कार्यक्रम भब्यतासाथ सम्पन्न गरियो ।
नगरपालिकाका कार्यकारी अधिकृत उमेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, राष्ट्रिय जनता पार्टीका नेताहरु सुबी यादव, सतिश कुमार सिंह, पत्रकार श्यामसुन्दर यादव, सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन कुमार यादवलगायतले सुझाव दिएका छन् । कार्यक्रममा विभिन्न क्षेत्रसँग सम्वन्धित सरोकारवाला निकायका व्यक्तिहरुले आ–आफ्नो मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन सप्तरी युथका नन्द किशोर गुप्ताले गरे ।