• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

पत्रकार महासंघ सप्तरी शाखाको निर्वाचन सम्पन्न, मतगणना शुरु

पत्रकार महासंघ सप्तरी शाखाको निर्वाचन सम्पन्न, मतगणना शुरु

राजविराज, २२ वैशाख । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको नयाँ कार्यसमितिकोलागि शुक्रवार निर्वाचन प्रक्रिया सम्पन्न भएको छ ।
महासंघमा कायम भएको कुल ९८ सदस्य रहेकोमा ८७ जना पत्रकारले मतदान गरेका हुन् । महासंघको ९ औं अधिवेशनलेसहित अध्यक्षसहित कार्यसमिति, केन्द्रीय सभासद् र क्षेत्रीय सभासद् चयन हुनेछन् । कार्यसमितिको अध्यक्ष पदमा जितेन्द्र खड्गा र श्रवण कुमार देव चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । समितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र हेमशंकर सिंह, सचिवमा जितेन्द्र कुमार झा, राजु विश्वकर्मा र दिनेश शर्माले उम्मेदवारी दिएका छन् ।
नयाँ कार्यसमितिको सह–सचिव(खुला)मा चन्दन कुमार यादव र नर्मदेव यादव मैदानमा उत्रेका छन् भने समावेशी सह–सचिवमा डम्बर राई र ललिता साह चुनावी प्रतिष्पर्धामा उत्रेका छन् । कोषाध्यक्षमा शुभचन्द्र झा र संजीव विक्रम साह बिच प्रतिष्पर्धा हुने जनाईएको छ । कार्यसमितिको मधेशी सदस्यतर्फ बिन्दु कुमार यादव र रामअधिन साह तथा चार खुल्ला सदस्यतर्फ भुषण कुमार सिंह, कुष्णदेव यादव, गङ्गा प्रसाद साह, बृजमान तामाङ्ग, विनय कुमार लाल कर्ण, शिव प्रसाद आचार्य, निरज कुमार मण्डल र विरेन्द्र कुमार साहले प्रतिष्पर्धामा उत्रेका छन् ।
यसैगरी आठ केन्द्रीय सभासद् रहेकोमा १४ जनाले उम्मेदवारी दिएर मैदानमा उत्रेका छन् । केन्द्रीय सभासद्मा मुरली प्रसाद यादव, अवधेश कुमार झा, भोला कुमार पासवान, देवराम यादव, गणेशलाल देव, शैलेन्द्र मोहन झा, अनिल कुमार अनल, व्यासशंकर उपाध्याय, धिरेन्द्र प्रसाद साह, ओमप्रकाश साह, मनोहर कुमार पोखरेल, नरेश कुमार चौधरी, सतिश कुमार दत्त र सुरेश प्रसाद आचार्यको उम्मेदवारी परेको छ ।
यस्तै १३ प्रदेश सभासद्कालागि विभिन्न प्यानलबाट १९ जनाले उम्मेदवारी दिएका छन् । सभासद् पदकालागि राजेश कुमार झा, मिथिलेश यादव, सुमन कुमार मिश्र, नवीन गुप्ता, महेन्द्र प्रसाद मण्डल, महेश्वर भारती, पवन कुमार मिश्र, वैद्यनाथ यादव, शिवनारायण साह, मनोज कुमार माझी, देवेन्द्र मिश्र, रश्मी झा, सन्तोष कुमार साह, खगेन्द्र कार्की, अनिल पोखरेल, उत्तम प्रसाद आचार्य, अर्जुन प्रसाद साह, कृष्ण कुमार तिमिल्सिना र भोला रमण उप्रेती चुनावी प्रतिष्पर्धामा उत्रेको निर्वाचन प्रमुख प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले जानकारी दिएका छन् ।
यसैगरी नेपाल पत्रकार महासंघ शाखा सप्तरीको महिला उपाध्यक्षमा सुधा देव, महिला सदस्यमा रक्षा चौधरी र सदस्य (जनजाती)मा भूपेन्द्र कुमार मण्डल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी केन्द्रीय सभासद्मा माला कर्ण र ढमला भट्टराई निर्विरोध निर्वाचित भएकी छिन् ।
मतदान कार्य सम्पन्न भईसकेकोले ३.३० बजेदेखि मतगणना कार्य औपचारिक रुपमा शुरु भएको छ । साँझ करिब ६ बजेसम्म मतगणना परिणाम आउने अनुमान गरिएको छ ।