काठमाडौं, १७ वैशाख । नेपाल सरकारका गृहमन्त्री विमलेन्द्र निधिले आइतवार पदबाट राजीनामा दिएका छन् ।
गृहमन्त्री निधी विगत केही समयदेखि असन्तुष्ट रहँदैआएका थिए । यद्यपी प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा पार्टीले जानकारीसम्म नगराएको भन्दै उनले राजिनामा दिएको जनाईएको छ । महाअभियोग आफ्नै कार्यक्षेत्रभित्र आइजिपी प्रकरणभित्रै परेको भन्दै निधीले असन्तुष्टि व्यक्त गरेका छन् ।
गृहमन्त्री निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोनबाट राजीनामाबारे जानकारी गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट उनले उप–प्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाएका थिए ।