• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अलविदाः माओवादी संरक्षक रघुनी

पिसाव संक्रमणको कारण शुक्रवार राती ९ वजे मृत्यू भएकी सप्तरीको इटहरी विष्णपुर–४ का ७५ वर्षिया रघुनी यादवको शनिवार दिनको ११ बजे दाहसंस्कार गरिएको छ ।

२०५४ सालमा रघुनी यादवको घरमा वसेर गाउँघरको विद्यार्थीलाई पढाउने र महेन्द्र विन्देश्वरी क्याम्पस राजविराजमा अध्ययनरत पूर्वमन्त्री तथा हाल नयाँ शक्ति पार्टीका नेता महेन्द्र पासवान निजकै घरमा बसेर सिरहा सप्तरीको माओवादी संगठन विस्तार गरेका थिए । माओवादी विद्यार्थी संगठन(अनेरास्वव्यू क्रान्तिकारी)बाट राजनीतिक जीवनको सुरूवात गरेका पासवान माओवादी रहेको रघुनीलाई थाहा थिएन् । तर, नेता पासवान उनकै घरमा वसेर सप्तरीमा माओवादी संगठनको विजारोपन भएको वताए । यादव मृत्यू शैयामा छटपटाई रहँदा पासवान विहिवार निज निवास बिष्णपुर भेटेर फर्केका थिए । त्यसको भोलीपल्ट बेलुका ९ बजे रघुनीको मृत्यू भएको हो ।
माओवादी आन्दोलनमा रघुनीको महत्वपूर्ण योगदान रहेका रहेको छ । सप्तरीका तत्कालिन एसपी बसन्त कुँवरले पासवान माओवादीको ठूलो नेतारहेको सूचना पाएपछि पाँच सय सुरक्षाकर्मी लिएर विष्णपुर गाउँ घेरेका थिए । रघुनीको चलाकीको कारण पासवान भाग्न सफल भएका थिए ।
नेता पसवान भाग्न सफल भए पनि राधेश्याम पण्डित, विनोद यादव लगायत थुप्रै साथिहरू पक्राउ परेका थिए । त्यतिवेला मात्र रघुनीले पासवान माओवादी रहेको थाहा पाएका थिए ।
उनको दाहसंस्कारमा पूर्वमन्त्री महेन्द्र पासवान, नयाँ शक्ति पार्टी सप्तरीका संयोजक छेदी रजक विमल, केन्द्रीय परिषद् सदस्य राजेश विद्रोही, शैलेन्द्र कुमार झा इन्जिनियर ताजमोहमद, अमृत साफी लगायत जिल्लाका टिम पुगेका थिए । शोकसन्तव परिवारप्रति धैर्यधारण र मृतक प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् । मुक्ति आन्दोलनमा सहयोगी पात्र रघुनीलाई शत शत नमन ।
साभारः राजेश विद्रोहीको फेसबुक वालबाट ।