• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

किन भारतीय सिमा बल नेपालीलाई गाली–गलौज र कुटपिट गरिरहेका छन् ?

किन भारतीय सिमा बल नेपालीलाई गाली–गलौज र कुटपिट गरिरहेका छन् ?

अस्ति हामी सुनसरी जिल्लाको कोशी गाउँपालिकामा रहेको मुस्लिम बस्तीको ४४ आगलागी पिडित परिवारलाई रोटरी क्लब अफ दरवारमार्गको सहयोगमा राहत वितरण गर्यौं । अहिले उक्त ठाउँको मुख्य समस्या भनेको घर रहेको छ तर तत्काल पीडितहरु शौचालयले गर्दा धेरै समस्या भोगी रहेको हामी पाएँ ।
आगलागी भएको ठाउँबाट भारतीय सिमा एकदम नजिक रहेको छ । उतैतिर खुल्ला ठाउँ छ । आगलागीमा शौचालय समेत काम लाग्ने नभएपछि पीडितहरु खुल्ला ठाउँमा दिशा गर्न बाध्य भएका छन् । खुल्ला ठाउँ भारतीय सिमातर्फ भएको हुनाले उतैतिर जाने गरेको पीडितले बताए । तर सिमातर्फ जाँदा भारतीय सिमा सुरक्षा बल गाली गलौज र हातपात समेत गरिरहेको आरोप पिडितहरुले जानकारी गराए ।
तुरुन्त शौचालयको समस्या समाधान गरिए नभने यसरी नै नेपालीहरु सिमा बलबाट गाली गलौज र पिटाई खाई रहन्छ । त्यसैले, सरोकारवालालाई यस समस्या समाधानकोलागि ध्यान आकर्षण गराउन चाहन्छु । यो समस्या सुनसरी आगलागी पीडितको मात्र नभई राष्ट्रिय समस्या हो र नेपालीको स्वाभिमानसँग जुडेको समस्या हो ।
सामाजिक अभियन्ता सरोज रायको फेसबुक वालबाट