• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शम्भुनाथ नपाको हराएको रोलर खाँदवारीमा फेला परयो

शम्भुनाथ नपाको हराएको रोलर खाँदवारीमा फेला परयो

बृजमान तामाङ । बिरेन्द्र बजार, १५ वैशाख । सप्तरीको शम्भुनाथ नगरपालिकाको तीन महिनादेखि गायब भएको रोलर शुक्रबार फेला परेको छ ।
तत्कालिन नगर प्रमुख कार्यकारी अधिकृत संजिव न्यौपानेको मिलोमतोमा बाहिर पठाईएको रोलर तीन महिनापछि फेला परेको हो । नगरमा नयाँ कार्यकारी अधिकृत बिष्णु प्रसाद गुरुङ आएपछि खोज तलास गरेपछि संखुवासभा स्थित खाँदबारीमा रहेको रोलर ना ४ ख २९०० नम्बरको ट्रकमा लोड गरेर ल्याएको संघीय समाजवादी फोरमका नगर प्रतिनिधी कन्तलाल चौधरी जानकारी दिए ।
उनले तत्कालिन नगर प्रमुख न्यौपाने र ठेकेदारको मिलोमतोमा फागुन १० गते देखी बेपत्ता पारेको रोलर तीन महिनापछि फेला परेको बताए । बेपत्ता रोलर ट्रकमा ल्याएपछि ट्रक र चालकलाई समेत नियन्त्रणमा राखेको शम्भुनाथ नगरपालिकाका कार्यकारी अधिकृत गुरुङ्गले बताए । नगरमा कुनै पनि सम्झौता समेत नगरी लगेको रोलर भाडा नबुझाएसम्म ट्रक र चालकलाई नछाडिने उनले बताए ।