राजविराज, १३ वैशाख । शिव सेना नेपालका राष्ट्रिय अध्यक्ष विक्रम वहादुर वमले २०४७ सालको संविधान पुनःस्थापनाका लागि आगामी मंसिरदेखि आन्दोलन चर्काउने उनीहरुले चेतावनी समेत दिएका छन् ।
नेपालको संविधान २०४७ पुनःस्थापना गर्न गठित राष्ट्रिय एकता अभियानद्वारा वुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । पत्रकार सम्मेलनमा अभियानका अभिभन्ता एवम् जनभावना विपरीत विदेशीको ईशारामा देशले धान्नै नसक्ने २०७२ सालको संविधान खारेज गरी गरी पुरानै संविधान पुनःस्थापित हुनुपर्नेमा उनले जोड दिए ।
२०४७ सालको संविधान पुनःस्थापित भए विकेन्द्रीकरण सहितको स्वायत्त शासन कायम हुने र सिंह दरवारको अधिकार गाउँ गाउँमा पुग्ने उनले विश्वास व्यक्त गरे । । पाँच ओटै विकास क्षेत्रमा आम सभा गर्ने र मंसिरदेखि चरणवद्ध आन्दोलन कार्यक्रम थाल्ने समेत उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा अभियानकी सह–संयोजक आरती थापा समेतको उपस्थिति थियो ।