राजविराज, १३ वैशाख । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको मङ्गलवार सम्पन्न बैठकले अधिवेशन तयारी लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ ।
अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा सम्पन्न बैठकले बिश्व प्रेस स्वतन्त्रता दिवसको दिन बैशाख २० गते हुने जिल्ला अधिवेशनको तयारीका लागी विभिन्न समितिहरु गठन गरेको हो । बैठकले सचिव ओम प्रकाश साहको संयोजकमा सदस्यहरुमा सुधा देव, मनोज कुमार माझी, भुषण सिंह, विनय कुमार लाल कर्ण, संजिव बिक्रम साह, चन्दन कुमार यादव, राज कुमार पासमान अधिवेशन तयारी समिति गठन गरेको छ ।
महासंघ शाखा सप्तरीमा निवेदन पेश गरेका नयाँ सदस्यताकोलागि वैशाख १६ गते बस्ने बैठकबाट टुङ्गो लगाउने, अधिवेशनको निर्वाचन समितिकोलागि प्रजातन्त्र सेनानी बैधनाथ झालाई संयोजक वनाउने निर्णय गरेको छ । लेखापरिक्षण गर्नकोलागि बैधनाथ लाल देवलाई नियुक्ति गरेको जनाईएको छ ।
महासंघ शाखा सप्तरीको अधिवेशन वैशाख २० गते बुधवार विहान १० बजे पत्रकार महासंघको आफनै भवनमा जिल्ला अधिवेशन हुने महासंघका सचिव ओमप्रकाश साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।