राजविराज, ९ वैशाख । सप्तरीको पोर्ताहा स्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा शनिवार साँझ दुध बोक्ने ट्याङ्करको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
ट्याङ्करको ठक्करबाट सप्तरीको भारदह–८ भलुवा घर भएका ७० वर्षिय वासैर यादवको मृत्यु भएको हो । साइकलबाट घरतर्फ गईरहेको अवस्थामा पूर्वबाट पश्चिमतर्फ गईरहेको ट्याङ्करले ठक्कर हान्दा उनको तत्कालै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर हान्ने ट्याङ्करसहित चालक सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझियामा राखिएको छ ।