• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सवारी दुर्घटना २ घाइते

राजविराज, ०७ बैशाख । सप्तरीको छुट्टा छुट्टै दुई स्थानमा बुधबार भएको सवारी दुर्घटनामा दुइजना घाइते भएक छन् ।
कञ्चनरुप नगारपलिका–२ स्थित कन्चनपुर–फत्तेपुर सडक खण्डमा कन्चनपुरबाट फत्तेपुर तर्फ जादैगरेको को १ ख ४५९२ नम्बरको मिनीबस अनियन्त्रीत भई दुर्घटना हुँदा सोही बसमा सवार सप्तकोशी नगरपलिका–२ बस्ने मबिस मियाँको २२ दिनको छोरा इजराइल मियाँ घाईते भएका छन् । घाइते शिशुको स्थानिय मेडिकलमा उपचार हुननसकेपछी न्युरो अस्पताल विराटनगर ल्याइएको छ । मिनिबसका चालक परार रहेकाले खोजी भरहेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।
यता रुपनी गाउँपालिका–६ बिरेन्द्रबजार मा पूर्वबाट पश्चिमतर्फ जादैगरेको ग १ च ५६९० नम्बरको स्कारपियोको ठक्करबाट साईकलयात्री सोही ठाउँकी हन्दाजी १८ बर्षिया खुस्बु कुमारी यादव घाइते भएकी छिन् । उनको विराटनगरमा उपचार भइरहेको छ ।