राजविराज, ०७ बैशाख । सप्तरीको कुष्णासवरण गाउँपालिका–१ बस्ने २८ बर्षिय जिक्रिल मियाँको विहीबार करेन्ट लागेर ज्यान गएको छ ।
विहान ७ बजेतिर आफ्नै ग्रिल पसलमा काम गर्ने क्रममा बिधुत सट भई अचानक उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका मियाँको स्थानिय मेडिकलमा उपचारको क्रममा ०७ः३० बजे मृत्यु भएको इलाका प्रहरी कर्यालय माहुलीले जनाएको छ ।
त्यस्तै सप्तरीको बनौली–३ बस्ने ६५ बर्षिय सुजिलाल साहको बुधबार करेन्ट लागेर ज्यान गएको छ । विहान ९ बजेतिर आफ्नै घरमा कपडा सुकाउने क्रममा अचानक बिजुलीको तार छुनगई साहलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका साहको उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साईनले जनाएको छ ।