राजविराज, ०६ बैशाख । पूर्वको बिभिन्न स्थानमा मंगलबार भएको आगलागीबाट अन्दाजी ५३ लाख ५० हजार मुल्य बराबरको क्षति भएको छ ।
सप्तरीको नेंग्रा ६ बैरीया टोल बस्ने सोबित चौधरीको घरमा चुलोबाट अचानक आगलागी हुदा अन्दाजी ८ लाख ६० हजार मुल्य बराबरको क्षति भएको छ । राती १२ बजेतिर लागेको आगोबाट चौधरीको टिनको छानो र फुसको छानो भएको २ वटा घर, घर भित्र रहेको नगद १ लाख रुपैया, आधा तोला सुन लगायत सम्पुर्ण सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताएका छन् । आगो प्रहरी र स्थानियवासीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
यस्तै खोटाङको रुपाकोट मझुवागढी १ बस्ने सानु देवी खड्काको देविस्थान कपडा उधोगमा बिधुत सर्ट भई आगलागी हुँदा अन्दाजी २३ लाख ४५ हजार मुल्य बराबरको क्षति भएको छ । आगलागीबाट खड्काको टिनको छानो भएको १ तले उध्योग र भित्र रहेको रुवा, मेशिन २ थान, ग्याँस सिलिण्डर २ थान लगायत अन्य सरसामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडीतले बताए । आगलागी नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यता सुनसरीको बराह नगरपालिका ४ भरौल बस्ने गोबर्धन गिरीको घरमा खोले पकाउने क्रममा आगलागी हुँदा अन्दाजी २१ लाख ७० हजार मुल्य बराबरको क्षति भएको छ । आगलागीबाट गिरीको टिनको छानो भएको २ वटा घर, घर भित्र रहेको नगद १ लाख १२ हजार रुपैया, ७ तोला सुन लगायत सम्पुर्ण सर–सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको छ पडीतले बताए । आगलागी प्रहरी, दमकल र स्थानियवासीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।