• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विना संशोधन कुनै पनि हालतमा चुनाव हुन दिन्नौंः डा. भट्टराई

विना संशोधन कुनै पनि हालतमा चुनाव हुन दिन्नौंः डा. भट्टराई

राजविराज, ४ वैशाख । सप्तरीको खड्क नगरपालिकामा सोमवार आयोजित कार्यक्रममा एमाले काँग्रेससहित विभिन्न पार्टीमा रहेका नेता एवम् कार्यकर्ताहरु नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् ।
जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उक्त विभिन्न पार्टी परित्याग गरी उक्त पार्टीमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नायिका करिष्मा मानन्धर लगायतले स्वागत गरेका छन् । पार्टीमा प्रवेश गर्नेहरुमा स्व.सभासद सदरूल मियाँ हकको भाई अबुल हकको नेतृतवमा मो.हविवुला, उसमान, इजहार अली, इरसाउद, नसाद, गुलार, मजलुम, लाल मोहमद, इसलाईल, इसुक, फरूक, सिद्दिकी, सौदागर, अमीन, हवील, सविर, तैजव, रहम, अकवर, अनवर, मनवर, मिस्टर, अन्सारूल, लजील, सलीम, मुर्तुजा, जुगे साह, शंकर राम, हसिना खातुन, उतम गुप्ता लगायत ५२५ जना, राष्ट्रिय मधेश समाजवादी पार्टीबाट सप्तरी उपाध्यक्ष भगिरथ साहसहित ४० जना, सदभावना पार्टीबाट वसन्त कार्की, मिश्रीलाल सदासहित ११० जना, नेकपा एमालेबाट बोरिया गाविसका अध्यक्ष गुलाव देव, सन्ती मेहता, रामप्रसाद यादव सहित १०५जना, थरूहट तराई पार्टीका केन्द्रीय सदस्य रामकुमार चौधरी, एमालेका पूर्व उपाध्यक्ष हाल माओवादी केन्द्रका नेता नवुद खलिफा, अछमित चौधरी, गुणानन्द चौधरी, विनोद चौधरीलगायत २३५ जना, सत्यनारायण देव पूर्व रेञ्जर, कृषिमन्त्रालयका पूर्व उप–सचिव कनकलाल साह, बज्रनारायण चौधरी, नेपाली काँग्रेसबाट किशोर चौधरी, ललिताकुमारी यादव, जगदिश भगत, सङ्गीता मण्डल, वविता झा, सुवन्धा देवसहित २५ जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेको जनाईएको छ ।
यसैगरी पूर्वप्रधानाध्यापक जितेन्द्र प्रसाद चौधरी, नायिका रिसिका चौधरी गरी एक हजार तीस जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेको पार्टीका नेता राजेश विद्रोहीले जानकारी दिएका छन् । डा. भट्टराईले सबैलाई बधाई तथा शुभकामना दिएका छन् ।
संवोधनको क्रममा भट्टराईले संविधान संसोधन विना निर्वाचन कुनै पनि हालतमा हुन नदिने र आफूहरु विपक्षी राजनीतिक दल मिलेर राष्ट्रिय आन्दोलन गर्ने तयारीमा रहेको वताए । जवसम्म मधेशी आदीवासी लगायत उत्पिडीत समुदायको समस्या सामाधान हुँदैन् तवसम्म कुनै पनि शक्तिसँग नझुक्ने संधर्ष गरेरै छाड्ने वताए ।
नायिका करिष्मा मानन्धरले आफू सप्तरीवासी भएकाले आफ्नो घरमा प्रवेश गर्दाको भावना फरक भएको महसुस गरेको वताईन् । उनले भनिन ‘मेरो नागरिकता पनि सप्तरीकै हो, त्यसैले म पनि मधेशी हुँ ।’ काठमाण्डौमा बसेर मधेश चलचित्र क्षेत्रमा निकै पछि परेको आफूले अनुभूति समेत गरिरहेको बताईन् ।