काठमाण्डौ, ४ वैशाख । आफूहरुको मागप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गम्भीर नभएको भन्दै अविलम्व माग पुरा नभए केन्द्रिय महाधिवेशनलाई समेत वाधित गर्ने गरि आन्दोलनमा जान वाध्य हुने धर्नामा बसेका पत्रकारहरुले चेतावनी दिएका छन् ।
आन्दोलन परिचालन समितिका प्रवक्ता जितेन्द्र कुमार झा ‘जितु’ले सोमवार विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएका हुन् । मङ्गलवार विहान १० वजेसम्म माग सम्वोधन नभए महासंघका केन्द्रीय पदाधिकारिहरू बस्ने गरेकोले प्रेस काउन्सिलमा समेत तालावन्दी गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आन्दोलनमा एक्यवध्यता जनाउने सम्पुर्ण महानुभावमा धन्यवाद व्यक्त गर्दै सप्तरीका डेढ दर्जन वढि क्रियाशिल पत्रकारहरू नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय अगाडि चैत्र घण् गतेदेखि तालावन्दि सहित धर्नामा रहेको विज्ञप्तिमा जनाईएको छ । केन्द्रिय पदाधिकारीहरूको रवैया अझै सन्तोषजनक नदेखिएको भन्दै नयाँ वर्ष, जुडशितल, सिरूवा पर्वको मुखमा घर परिवार छाड्ने पिडा, क्रियाशिल पत्रकारहरूलाई कार्यक्षेत्र छाड्ने वाध्यतालाई समेत केन्द्रिय समितिले नबुझि सामान्य मानविय व्यवहारकै उपहास गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘विधान सम्मत ढंगले महासंघ चलाउनु पर्ने हाम्रो मागलाई केन्द्रीय समितिले उपहास गर्दै महासंघ जस्तो गरिमामय संस्थालाइ दल विषेश, व्यक्ति विषेश संस्थाका रूपमा विकशित गर्न उद्धत देखिएका छन्, जुन अत्यन्तै निन्दनिय छन्’ प्रवक्ता झाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ ‘केन्द्रिय समितिको आज सम्मको रवैयाले हामी धर्नाकारी पत्रकारहरू एकातिर निराश भएका छौ भने अर्कोतिर सशक्त आन्दोलनकालागि हामीलाई वाध्य समेत पारिएको छ ।’
नेपालि पत्रकारहरूको साझा संस्थाको रूपमा स्थापित महासंघले पत्रकारहरूको हकहितका वारेमा निरन्तर सकृयता देखाउदै आएकोमा महासंघको वर्तमान केन्द्रिय नेतृत्वले क्रियाशिल र श्रमजिवि पत्रकारहरूलाई झन पिडित वनाउने काम मात्रै गरिरहेको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराईएको छ । धर्नामा वसेका क्रियाशिल र श्रमजिवि पत्रकारहरूको माग सम्वोधन होस, महासंघको केन्द्रिय नेतृत्व जिम्मेवार र जवाफदेह बनून् यसतर्फ पहल गरिदिनु हुन सरोकारवालाहरू सम्पुर्ण महानुभावमा आन्दोलन परिचालन समितिले आग्रह गरेको छ ।