• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका पत्रकारहरुको धर्नामा उपेन्द्र यादवसमेतको ऐक्यवद्धता

सप्तरीका पत्रकारहरुको धर्नामा उपेन्द्र यादवसमेतको ऐक्यवद्धता

राजविराज, ३ वैशाख । राजविराज नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कार्यसमिति सहित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले जारी राखेको धर्नाप्रति संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहित विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले ऐक्यबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको गेटमा तालाबन्दी गरी सप्तरीका पत्रकारहरु चैत ३० गतेदेखि अनिश्चितकालिन धर्नामा बस्दै आएका छन् । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पत्रकारहरुले शाखामा भएको अवैधानिक हस्तक्षेप बन्द गर्न र विधान सम्मत सप्तरी शाखामा भएका कामकाजलाई अनुमोदन गर्नुपर्ने, प्रक्रिया पुरा गरेका सबै सदस्यहरुलाई नविकरण गरिनुपर्ने, विवाद समाधान गरी अविलम्ब शाखा सप्तरीको अधिवेशन गरनउनुपर्ने र निरंकुश तरिकाले बन्द गरिएको सप्तरी शाखाको बैंक खाताहरु फुकुवा गर्नुपर्ने माँग राख्दै पत्रकारहरु धर्ना कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । पाँचौ दिन आइतबार संघीय गठबन्धन एवं संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक उपेन्द्र यादव, केन्द्रीय उपाध्यक्ष एवं पूर्व मन्त्री रेणु कुमारी यादव, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय महासचिव एवं सांसद जितेन्द्र नारायण देव, सांसद सुबोध कुमार पोखरेल र सांसद जनकराज चौधरी, नेपाली काँग्रेसका सांसद रञ्जित कर्ण, पत्रकार डा. राजेश अहिराज, नेपाल पत्रकार महासंघका पूर्व सचिव रामजी दाहाल, माउण्टेन टेलिभिजनका केदार कोइराला, प्रेस युनियनका केन्द्रीय सचिव खिला कार्की लगायतका व्यक्तिहरुले पत्रकारहरुले राखेको माग अविलम्ब सम्बोधन गर्न आग्रह गर्दै ऐक्यबद्धता समेत जनाएका छन् ।