राजविराज, ३ वैशाख । राजविराज नगरपालिका–१ गजेन्द्र चौक स्थित बाणिज्य बैंङ्कदेखि पश्चिम ओम श्री रोशन इम्पोरियममा आइतवार सकेट बम फेला परेको छ ।
पसलभित्रै साँझ सकेट बम फेला परेको हो । पसलमा बम फेला परेको सूचना पाए लगत्तै कृष्ण दल गणबाट आएको नेपाली सेनाको टोलीले बम निष्कृय पार्ने प्रयासमा जुटेको जनाईएको छ ।
ओम श्री रौशन इम्पोरियममा फेला परेको उक्त बमको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले प्रेस विज्ञप्ति मार्फत जिम्मेवारी लिएका छन् । आगामी बैशाख ३१ हुने भनिएको स्थानीय निकायको निर्वाचनलाई सशक्त र सशस्त्र विरोध गर्ने निर्णय अनुसार आर्थिक सहयोगको अपेक्षा राखि कार्यकर्ता पठाउँदा प्रहरीद्वारा पक्राउन षडयन्त्र गरेकोले कार्वाही स्वरुप आफूहरुले बम राखेको कुरा अध्यक्ष गोइतद्वारा सम्प्रेषित प्रेस विज्ञप्तिमा उल्लेख छ । मोर्चाले यस अघि समेत नगरको विभिन्न स्थानमा श्रृङ्खलावद्ध रुपमा बम राख्दैआएका छन् ।