काठमाण्डौ, ३ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले स्थानीय तहको चुनावलाई लक्षित गरी लाठी जुलशदेखि नेपाल बन्द सम्मका कार्यक्रम घोषणा गरेको छ ।
आन्दोलनका कार्यक्रममा वैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस, ७ गते लाठी जुलुस र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने कार्यक्रम तय गरिएको छ । बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्दहरु र लाठी तथा मसाल जुलुस कार्यक्रम तय गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ । वैशाख २७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने कार्यक्रम तय गरिएको छ ।
चुनावमा उम्मेदवारी दर्ता गर्ने दिन बैशाख १६ गतेसमेत बन्दको घोषणा गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा जनताको अधिकार प्राप्ति र लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले उक्त कार्यक्रम सफल पार्न आह्वान गरेका छन् ।
आन्दोलनका कार्यक्रमहरु
१. २०७४ बैशाख ५ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
२. २०७४ बैशाख ७ गते – जिल्लाका प्रमुख स्थानमा लाठी÷सिटी जुलूश
३. २०७४ बैशाख ९ गते – जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा
४. २०७४ बैशाख १० गते – विराटनगर, भैरहवा र पाल्पामा आमसभा
५. २०७४ बैशाख ११ गते – नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा आमसभा
६. २०७४ बैशाख १२ गते – धनगढी, धरान र पोखरामा आमसभा
७. २०७४ बैशाख १३ गते – गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
८. २०७४ बैशाख १४ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश
९. २०७४ बैशाख १५ गते – मधेश÷थरुहट र लिम्बूवान बन्द
१०.२०७४ बैशाख १६ गते – नेपाल बन्द
११. २०७४ बैशाख १९ गते – मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन
१२. २०७४ बैशाख २६ गते – जिल्लाहरुमा मशाल जुलूश प्रदर्शन
१३. २०७४ बैशाख २७ गते देखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द
१४. केन्द्रद्वारा तोकिएको कार्यक्रमका अतिरिक्त जिल्ला स्तरीय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चारसंघीय गठबन्धनले मतदात केन्द्र स्तरीय संघर्ष समिति गठन गरी संघर्षका कार्यक्रमहरुका साथै स्थानीय स्तरका आन्दोलन सम्बन्धी आ–आफ्ना अन्य कार्यक्रमहरु तय गरी परिचालन गर्ने(गराउने ।