• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका पत्रकारहरुको समर्थनमा मधेश आन्दोलित, पर्सामा मोटरसाइकल रयाली

सप्तरीका पत्रकारहरुको समर्थनमा मधेश आन्दोलित, पर्सामा मोटरसाइकल रयाली

पर्सा ३ बैशाख । प्रेस मञ्च नेपाल पर्सा शाखाले समेत पत्रकार महासंघ पर्साको कार्यालयमा आइतवार एक घण्टा धर्ना दिएका छन् ।
सप्तरीका पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौंमा जारी राखेको अनसनप्रति ऐक्यबद्धता जनाउँदै धर्ना दिएका हुन् । प्रेस मञ्च नेपाल पर्साका अध्यक्ष विजय ठाकुरका नेतृत्वमा सप्तरी शाखामा देखिएको समस्यालाई तत्काल समाधान गर्नकालागि जोरदार माग गर्दै महासंघ पर्सा शाखामा धर्ना दिएका छन् ।
धर्नापछि मञ्च पर्साका पदाधिकारीहरुले बिरगंजमा मोटरसाइकल रयाली समेत निकालेका थिए । धर्ना एवम् मोटरसाइकल र्यालीमा प्रेस मञ्च पर्साका सचिव दिपक चौरसिया,सह–सचिव राम मण्डल, सह–कोषाध्यक्ष कृष्ण यादव, जिल्ला सदस्यहरु दिपेन्द्र गिरि, आनन्द पटेल,अबिनास झा,अजहर हवारी, मुन्ना सरार्फ, मुना ठाकुर, मिलन सिह राई लगायत पर्साका कृयासिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रेस मञ्चको केन्द्रिय निणर्य अनुसार आइतबार मधेशका सबै जिल्लाका शाखाहरुमा १ घण्टा धर्ना दिएको मञ्चका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले बताएका छन् । यसअघि शनिवार प्रेस मञ्चका केन्द्रीय अध्यक्ष सन्तोष पटेलले एक प्रेस विज्ञप्ती जारी गरी ऐक्यवद्धता जनाएका छन् । पटेलले सप्तरीका पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाण्डौमा चैत्र ३० गते बाट धर्ना बसी रहेको र बारम्बार महासंघ केन्द्रलाई जानकारी गराउँदा समेत नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सप्तरीका पत्रकारहरुले गर्दै आएको आन्दोलन एवं ध्यानाकर्षणलाई बेवास्ता गरेकोमा प्रेस मञ्च नेपालले कडा आपत्ती जनाएको थियो ।
नेपाल पत्रकार महासंघले सप्तरी शाखामा विवाद हुँदा समेत गैर जिम्मेवारीपना देखाई जिल्ला अधिवेशनको परिपत्र जारी गरी जिल्लाको क्रियाशिल पत्रकारहरुलाई सदस्यताबाट बञ्चित गर्ने एवं महासंघको नेतृत्व र कार्य समितिको पहुँचबाट बञ्चित गर्न कार्य अविलम्ब रोका गरी र सप्तरीका पत्रकारहरुको माग पुरा गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष एवं केन्द्रीय कार्य समितिलाई समेत प्रेस मञ्च नेपालले ध्यानाकर्षण समेत गराएको थियो ।
प्रेस मञ्च नेपालले सप्तरीका पत्रकारहरुको समर्थनमा मधेसका जिल्लाहरु पर्सा,बारा,रौतहट,सर्लाही,महोत्तरी,धनुषा,सप्तरी,सिरहा,सुनसरी,मोरङ,रुपन्देही,कपिलवस्तु,बाके, कैलाली, चितवन सहितको जिल्लामा पत्रकार महासंघ कार्यालय अगाडि एकैपटक साथ एक घण्टा धर्ना दिएको प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष पटेलले बताए ।