• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मतअभिमत

‘पत्रकार महासंघ नेतृत्व माग पुरा गर्नेतर्फ जिम्मेवार बन्न सकेको छैन’

‘पत्रकार महासंघ नेतृत्व माग पुरा गर्नेतर्फ जिम्मेवार बन्न सकेको छैन’

हामी सप्तरीका १७ जना पत्रकार पछिल्लो ५ दिनदेखि नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरि धर्नामा बसेका छौं ।
महासंघलाई पार्टीको भातृ संगठन वनाउन खोजिएको बिरोध तथा श्रमजिवी पत्रकारको अधिकार रक्षाका लागि हाम्रो आन्दोलन जारी छ । महासंघको बरण्डामा हावा हुण्डरी र वर्षाका बीच हामी दुःखका साथ धर्नामा छांै । धर्नाकारीमध्ये केही मित्र अस्वस्थ हुनुभएको छ । तत्काल उपचार गर्नुपर्ने अवस्था सृजना भएको छ । तर अन्धो र बहिरो महासंघको नेतृत्व हाम्रो माग पुरा गर्नेतर्फ जिम्मेवार बन्न सकेको छैन ।
शान्तिपुर्ण आन्दोलनका क्रममा धर्ना बसेका सञ्चारकर्मीको स्वास्थ्यमा अप्रत्यासित अवस्था सृजना भए त्यसको जिम्मेवार महासंघका अध्यक्ष डा महेन्द्र बिष्ट र सिङ्गो कार्य समितिले लिनुपर्नेछ । इतिहासमा यो कार्यसमिति पत्रकारको हकहित भन्दा पनि पत्रकारलाई दुःख दिने संस्थाको रुपमा चित्रित हुनेछ ।
धर्नाकारी पत्रकारको जिवन रक्षा र हाम्रो माग पुरा हुनुपर्ने पक्षमा आवाज उठाईदिन विनम्रतापुर्वक निवेदन गर्दछौं । हाम्रो आन्दोलनप्रति अहिलेसम्म ऐक्यवद्धता जनाईदिनुहुने सम्पुर्ण महानुभावप्रति आभार व्यक्त गर्दछु । साथै आज हाम्रो मागप्रति महासंघको नेतृत्व गम्भिर नभए आन्दोलनको स्वरुप परिवर्तन गर्दे अझ कडा संघर्षमा उत्रने तयारी गरेका छांै । यसवाट उपन्न हुने सम्पुर्ण परिस्थितीको जिम्मेवार डा बिष्ट र उनको कार्य समिती नै हुने छ ।
(नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा धर्नामा बसेका पत्रकार अवधेश कुमार झाको फेसबुकबाट)