• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बिषहरियामा आगलागी, ४० लाख बराबरको क्षति

कमल मण्डल
बिसहरिया, २ वैशाख । सप्तरीको विषहरिया–६ स्थित भेल्ही गाउँमा शनिवार (आज) विहान आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
विजेश्वर यादवको घरमा गहुँ दाउनी गर्ने क्रममा भुसीमे आगो सल्किएर आगजनी भएको हो । आगालागीमा परी विसहरिया गाविसका पूर्व अध्यक्ष राजेन्द्र प्रसाद यादवको दुई ओटा घर र दुई थान चौपाया जलेर मरेको छ । वीरेन्द्र यादवको एउटा घर, डिजे, टेन्टका सामानहरु जलेर नष्ट भएको छ । यसैगरी सोही आगलागीमा विनोद यादव, प्रमोद यादव, जगदिश यादव, सुरेन्द्र प्रसाद यादव, विरेन्द्र प्रसाद यादव, महेश प्रसाद यादव, शान्ति देवी यादव, जगदेव यादवसमेत गरी ११ ओटा घर, १५ ओटा खसी चौपाया जलेर मरेको प्रहरीले जनाएको छ । सदरमुकाम राजविराजबाट पुगेको बारुणयन्त्र र स्थानीयवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ ।