• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा प्रदर्शन र सभा

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा प्रदर्शन र सभा

राजविराज, ३१ चैत । स्थानीय निर्वाचनको विरुद्धमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिहीबार राजविराजमा पनि प्रदर्शन र कोण सभा सम्पन्न गरेको छ ।
बिहीबार अपरान्ह मोर्चा आबद्ध दलहरुको सहभागितामा निस्केको जुलुस नारावाजीका साथ प्रदर्शन गर्दै शहीद दशन चौमा पुगी कोण सभामा परिणत भएको थियो । मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवको अध्यक्ष्तामा आयोजित कोण सभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका केन्द्रीय महासचिव मनिष कुमार सुमनले मोर्चाको माँग सम्बोधन नभएसम्म चुनाव नहुने भन्दै भ्रममा नपर्न आग्रह गरे । कार्यक्रममा तमलोपका केन्द्रीय सदस्य विजय कुमार यादव, फोरम नेपालका केन्द्रीय सदस्य अशोक यादव, फोरम गणतान्त्रिकका जिल्ला उपाध्यक्ष कामेश्वर यादव, नेपाल सद्भावना पार्टीका सदस्य सुरेश प्रसाद सिंह, तमसपाका केन्द्रीय सदस्य बुचाई दास, रामसपाका केन्द्रीय सचिव गजेन्द्र मण्डललगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।