• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ब्रह्मा कुमारी सेवा केन्द्रद्वारा शुभकामना आदान–प्रदान

ब्रह्मा कुमारी सेवा केन्द्रद्वारा शुभकामना आदान–प्रदान

राजविराज, ३१ चैत । नव वर्षको अवसर पारेर राजविराज स्थित ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरियो ।

सेवा केन्द्रकी सगरमाथा अञ्चल प्रमुख भगवती दिदीको अध्यक्षता तथा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत उमेश यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राजविराज नगरपालिका पूर्व मेयर शैलेश कुमार चौधरी, सी–एफएमका प्रमुख ई. शैलेन्द्रमोहन झा, प्रा.डा. रामखेलावन यादव, समाजसेवी हरेकृष्ण प्रसाद सिंह, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद श्यामसुन्दर यादव, नेपाली चलचित्रका निर्देशक किशन अर्याल, नायीका डोली सरकार, गायीका अञ्जु यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन बह्माकुमार दिपकले गरेका थिए ।