• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संविधानको रक्षा गर्नु सबैको दायित्वः अध्यक्ष गच्छदार

संविधानको रक्षा गर्नु सबैको दायित्वः अध्यक्ष गच्छदार

राजविराज, २८ चैत्र । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले आफुले ३५ वर्षसम्म ज्यान जोखिममा राखेर संघर्ष गरेको बताएका छन् ।
सप्तरीको राजविराजमा सोमवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । संविधान सभावाट संविधान निर्माणका लागि आफुले सवैभन्दा वढि अग्रसरता देखाएको दावी गर्दै साथै यसको रक्षा गर्नु सबैको दायित्व भएको उनले बताए ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् सांसद जितेन्द्रनारायण देवले देशको राजनितिक अवस्था कुहिरोको काग झै दिशाहिन बनेको बताए । पार्टीका जिल्ला अध्यक्ष शैलेश कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्का सांसद डा. सुवोध कुमार पोखरेलले समेत सम्वोधन गरे ।
कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छेदार र मुलवासी पार्टीका अध्यक्ष मो. ईस्लाम विच आ–आफनो पार्टीका केन्द्रिय समितिवाट अनुमोदन गर्ने गरी पार्टी एकिकरणको प्रकृया प्रारम्भ गर्ने सहमति भएको छ । सोमवारको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३ सय १७ जना फोरम लोकतान्त्रिकमा प्रवेश गरेको जनाईएको छ ।