• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

पत्रकार महासंघ सप्तरीको विवाद समाधान गर्न पूर्व अध्यक्षहरुको माग

पत्रकार महासंघ सप्तरीको विवाद समाधान गर्न पूर्व अध्यक्षहरुको माग

राजविराज, २७ चैत । नेपाल पत्रकार महासंघ सप्तरीको जिल्ला अधिवेशन अघि विवाद समाधान गर्न महासंघ सप्तरीका पूर्व अध्यक्षहरुले संयुक्त रुपमा केन्द्रीय समितिसँग माग गरेका छन् ।
महासंघका पूर्व अध्यक्षहरुले वैशाख ७ गतेभित्र अधिवेशन सम्पन्न गरिसक्नुपर्ने भनी आएको केन्द्रको सूचनाप्रति आपत्ति जनाउँदै विवाद समाधान गर्न माग गरेका हुन् । सप्तरी शाखाका पूर्व अध्यक्षहरु शिवहरी प्रसाद भट्टराई, विष्णुकुमार मण्डल, बैद्यनाथ झा, मुरलीप्रसाद यादव, शम्भुकुमार झा, व्यासशंकर उपाध्याय र धीरेन्द्रप्रसाद साहले आइतवार संयुक्त प्रेस विज्ञप्ति जारी विज्ञप्तिमा भनिएको छ ‘नेपाल पत्रकार महासंघ सप्तरीमा विगत दुई वर्षदेखि विवाद कायम रही आएको र विवादका कारण शाखाको संस्थागत विकास समेत प्रत्यक्ष प्रभावित भएको भन्दै महासंघका अधिकांश जिल्ला तथा एशोसिएट शाखा समेतको अधिवेशन सम्पन्न भई सक्दा पनि सप्तरीको अधिवेशन विवाद समाधान नहुँदा अन्यौलमै रहेको छ ।’ पछिल्लो पटक महासंघको केन्द्रीय कार्यसमितिले अधिबेशन नभएका शाखाको अधिबेशन २०७४ बैशाख ७ गते भित्र गरीसक्नु पर्ने, नगरे महाधिबेशनमा सहभागी नगराइने आशयको निर्णय सञ्चार माध्यमबाट जानकारी हुँदा आफूहरुको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
विवाद समाधानका लागि परिणाम मूलक पहलकालागि आफूहरुले यस अघि पनि पटक–पटक आग्रह गरेको भन्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘यथास्थितिमा गरिने अधिवेशनवाट कुनै अप्रिय घटना भए केन्द्र नै त्यसको जिम्मेबार हुनुपर्ने ध्यानाकर्षण गराउँछौं ।’