• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मोर्चाद्वारा एमालेको कार्यक्रममा अवरोध

बृजमान तामाङ/बिरेन्द्र बजार २६ चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले शनिबार एमालेको कार्यक्रममा अबरोधको प्रयास गरेको छ ।
सप्तरीको कुशहामा एमाले सुरुङ्का गाउँपालिकाको महिला भेलालाई मोर्चाका कार्यकर्ताले नाराबाजी गर्दै अबरोध गर्ने प्रयास गरेको हो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा क्षेत्र नम्बर–५ का संयोजक खडकनाथ चौधरीको नेतृत्वमा गएको मोर्चा कार्यकर्ताले एमालेको कार्यक्रम चलिरहेको समयमा बिथोल्ने प्रयास गरेका थिए ।
कार्यक्रममा अबरोध गर्ने क्रममा प्रहरीद्धारा सद्भाबना पार्टीका केन्द्रीय सदस्य दिनेश कुमार यादव र मोर्चाका नेता ब्रमा ठाकुरलाई नियन्त्रणमा लिएका थिए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय करोडबोनामा राखी ५ घण्टापछी रिहाई गरेको संघीय समाजवादी फोरम नेपाल सप्तरीका सदस्य कन्तलाल चौधरीले जनकारी गराएका छन् ।
यता एमालेले कार्यक्रम सफल भएको उक्त पार्टीले दाबी गरेको छ । मोर्चासँग केही कार्यकर्ताले अवरोधको प्रयास गरे पनि भेलाबाट अखिल नेपाल महिला संघ सुरुङ्का नगर समितीका अध्यक्ष निर्मला चौधरीको नेतृत्वमा समिति चयन गरिएको जनाईएको छ ।