• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पतञ्जली योग समिति पर्साको कार्यालय उद्घाटन

पतञ्जली योग समिति पर्साको कार्यालय उद्घाटन

वीरगञ्ज, २३ चैत्र । पतञ्जली योग समिति पर्साको कार्यालय बुधवार एक कार्यक्रमका बिच वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं पुर्व सभासद् ओमप्रकास शर्माले उद्घाटन गरेका छन ।
वीरगंज उपमहानगरपालिका वडा नं. १४ श्रीपुर स्थित राधेमाई बिद्यालय प्रांगनमा रहेको कार्यलयको रिबन काटेर प्रमुख अतिथी शर्माले उद्घाटन गरेका हुन् । उक्त अवसरमा कार्यालयमा हिन्दु विधि अनुसार पुजा अर्चना समेत गरिएको थियो ।
पर्सा जिल्ला अध्यक्ष नसिबलाल सेठको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा नारायणी अञ्चल प्रभारी किसोरी कलवार, चितवन जिल्ला महामन्त्री श्रीकान्त काफले, नारायणी अञ्चल महिला प्रभारी शुशिला काफले, नारायणी अञ्चल युवा प्रभारी होमराज थपलिया, क्षेत्रिय प्रभारी कविता थपलिया, महिला शिक्षक सुशीला देवी, महिला अध्यक्ष रञ्जु उपाध्याय लगायतको उपस्थिति थियो ।
यसैगरी कार्यालय उद्घाटनको पुर्व सन्ध्यामा बुधवारै बिहान चित्र गुप्त मन्दिर माईस्थानबाट पतञ्जली योग समितिका पदाधिकारीहरुले र्याली समेत निकालेका थिए । रयाली वीरगंज नगर परिक्रमा गर्दै श्रीपुर स्थित राधेमाईमा रहेको कार्यालयमा पुगेर समापन भएको जनाईएको छ ।