झापा, २३ चैत । झापाको कन्काइ नगरपालिका–८ स्थित घाग्रापुल नजिकै मंगलबार मे १ त ३७०९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ट्रयाक्टरका लेबर अर्जुनधारा नगरपालिक–९ बस्ने २८ बर्षिय धन बहादुर कार्की रहेका छन् । उक्त दुर्घटनामा गम्भिर घाइते भएका कार्कीको विएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टरका चालक भने फरार रहेका छन् । उनको प्रहरीबाट खोजी भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।