• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आगलागीबाट ३५ लाख बढीको क्षति

झापा, २३ चैत । झापाको मेचीनगर नगरपालिका १ बस्ने पदम चौलागाईको २ तले घरमा मंगलबार आगलागी भएको छ ।
बेलुका ९ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले उनको घर तथा घर भित्र भएको नगद ७ लाख १० तोला सुन, कम्प्यूटर लागयत सम्पूर्ण समान समेत जल्दा अन्दाजी ३५ लाख बराबरको क्षति भएको बताइएको छ । आगलागी प्रहरी चौकी बाहुनडँगीबाट खटिएको प्रहरीको टोली स्थानिय मानिस र दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यता मोरङको ग्रामथन गाँउपालिका–६ बस्ने शुक्रतिया सरदारको घरमा समेत मंगलबार आगलागी भएको छ ।
भान्सा कोठाबाट सल्किएको आगोले उनको घर तथा घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी १ लाख बराबरको क्षति भएको बताइएको छ । आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ ।