सनसरी, २३ चैत । प्रहरीले झापा र सुनसरीबाट मंगलबार लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकलमाट सवार झापा शनिअर्जुन नगरपलिका–१ बस्ने २३ बर्षिय अर्जुन लिम्बु रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागूऔषध लुपिजेसिक–२ एम्पुल, फेनारागन–२ एम्पुल, डाईजेपाम–२ एम्पुल र ब्राउन सुगर २०० मिलि ग्राम बरामद गरेको छ भने मोटरसाइकल पछडी सवार शनिअर्जुन नगरपिलिका–१ बस्ने १६ बर्षिय संजिव चौहानलाई समेत प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानएको छ ।
त्यसैगरी सुनसरीको धरान–१५ निराजन बस्तीबाट प्रहरीले धरान–१५ बस्ने हेम थापा मगरलाई लागूऔषधसहित पक्राउ गरेको छ । उनको साथबाट प्रहरीले एभिल ३ एम्पुल, डाइजोलोपाम ३ एम्पुल, लुपिजेसिक ४ एम्पुल बरामद भएको छ । पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ ।