• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पानीमा डुबेर बालिका घाईते

मोरङ, २३ चैत । मोरङको सुन्दर–हरैचा नगरपालिका ४ बाँसबारीमा मंगलबार एक बालिका पानिमा डुबेर घाईते भएकी छन् ।
घाईते हुनेमा सोही ठाँउ बस्ने बीर बहादुर मगरको १८ महिनाको छोरी आयुषा मगर रहेकी छन् । उनी घर नजिकै रहेको कुलोमा खेल्ने क्रममा अचानक डुबेकी थिईन् । घाईते बालिकाको लाईफगार्ड अस्पताल बिराटनगरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।