चन्दन रौनियार
नवलपरासी, २१ चैत । नवलपरासीको परासीमा सदभावना पार्टीद्वारा आयोजित भण्डाफोर तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व सभासद अलाउद्दीन अन्सारी सदभावना पार्टीमा प्रवेश गरेका छन् ।
सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यमा आयोजित भण्डाफोर तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व सभासद तथा हाल तराई मधेश सद्भावना पार्टीका राष्ट्रीय उपाध्यक्ष अन्सारी, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सचिव बुद्धीराम यादव, फोरम लोकतान्त्रिक का नेता अनिल मियाँ सहीत सयौं नेता तथा कार्यकर्ता सदभावना पार्टीमा प्रवेश गरेका छन् । नव प्रवेशीहरूलाई पार्टी अध्यक्ष महतोले अबीर र माला लगाएर पार्टीमा स्वागत गरेको नवलपरासी अध्यक्ष बिजय अग्रहरीले जानकारी दिएका छन् ।