• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

धनुषाका अमिन घुस लिने क्रममा रङ्गेहात पक्राउ

धनुषाका अमिन घुस लिने क्रममा रङ्गेहात पक्राउ

जनकपुर, २० चैत । नापी कार्यालय धनुषाका अमिन सेवाग्राहीबाट घुस लिने क्रममा आइतवार रङ्गेहात पक्राउ परेका छन् ।
नापी कार्यालय धनुषाका अमिन कृष्ण जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासले नगद ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियार कार्यालय बर्दिबासका प्रहरी उपरीक्षक राजकुमार लम्सालको टोलीले जोशीलाई पक्राउ गरेका छन् । अमिन जोशीले एक सेवाग्राहीबाट जग्गाको कित्ताकाट र नामसारीकालागि ३० हजार रुपैयाँ घुस लिएको बेला उनलाई पक्राउ गरेको एसपी लम्सालले जानकारी दिएका छन् । तस्विरः घनश्याम मिश्र /जनकपुर