• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

देशकै चर्चित नाट्य संस्था मिनापमा सर्वसम्मत नयाँ समिति

देशकै चर्चित नाट्य संस्था मिनापमा सर्वसम्मत नयाँ समिति

राजविराज, २० चैत । देशकै चर्चित जनकपुर स्थित नाट्य संस्था मिथिला नाट्य कला परिषद्को सर्वसम्मत नयाँ कार्य समिति गठन गरिएको छ ।
शनिवार साँझ सम्पन्न बृहत छलफलबाट नाट्यकर्मी प्रमेश झाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समिति उपाध्यक्षमा सङ्गीता देव र ललित कामतलाई चयन गरिएको छ । सचिवमा सन्दीप साह र कोषाध्यक्षमा अनिता रानी मण्डल चयन भएको मिथिला नाट्य कला परिषद्ले जनाएको छ ।
समितिको सदस्यमा गङ्गाकान्त झा, चन्द्रशेखर यादव, मुकेश ठाकुर, सन्नी राउत, धीरज ठाकुर, नीवन ठाकुर र मुकेश झा रहेका छन् । प्राज्ञ रमेश रञ्जन झा, सुनिल मल्लिक र श्यामसुन्दर शशीको संयुक्त अध्यक्ष मण्डलले सहमती जुटाई सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।