• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरोकारवाला भन्छन् ‘राजविराज नगरपालिकाको वर्तमान संरचना स्वीकार्य छैन’

सरोकारवाला भन्छन् ‘राजविराज नगरपालिकाको वर्तमान संरचना स्वीकार्य छैन’

राजविराज, १९ चैत । हालैको स्थानीय निकायको संरचनामा राजविराज नगरपालिकाको संरचना व्यापक त्रुटीपूर्ण रहेको भन्दै तत्काल सच्याउन राजविराज नगरपालिकाका सरोकारवालाहरुले माग गरेका छन् ।
राजविराजमा शनिवार आयोजित सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग गरेका हुन् । राजविराज नगर सिमांकन सुधार संघर्ष समितिका संयोजक शैलेश कुमार चौ धरीको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, पत्रकार मनोहर कुमार पोखरेल, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र प्रसाद चौधरी, फोरम लोकतान्त्रिकका उमेश प्रसाद साह, समाजसेवी रामकृष्ण दास, सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारी, सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर दास,सद्भावना पार्टीका लक्ष्मण यादव, फोरम लोकतान्त्रिकका मो. कमाल उद्दीनलगायतले मन्तव्य व्यक्त गरे । उनीहरुले सिमाङ्कनलाई व्यवहारिक नबनाएसम्म यो संरचना स्वीकार गर्न नसकिने चेतावनी दिए । कार्यक्रम सञ्चालन विशेश्वर प्रसाद साह ‘विशे’ले गरे ।