• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रौतहटमा सद्भावना पार्टी प्रवेशको लहर

चन्दन रौनियार, रौतहट, १७ चैत । विभिन्न पार्टी परित्याग गरी सदभावना पार्टी रौतहटमा सयौं जना प्रवेश गरेका छन् ।
रौतहटको औरैया गाउँ विकास समितिमा विहीवार आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सदभावना पार्टीमा प्रवेश गरेका हुन् । पार्टीका सह–महासचिव अजय गुप्ताले दिएको जानकारी अनुसार योगेन्द्र यादव रौतहटमा पार्टी बिस्तारमा बाधक रहेको र सोही बिषयलाई लिएर स्पष्टीकरण सोधेपछी यादव जवाफ दिन नसकेर अन्यत्र लागेका छन् । पार्टीबाट उनको बहिर्गमनसँगै प्रवेशको लहर चलेको उनको दावी छ । सदभावना पार्टी अहिले पार्टी विस्तार गर्न हरेक गाउँमा आफ्नो बलियो सङ्गठन निर्माण गरिरहेको जिल्ला सचिव मनोज वर्माले बताए ।