• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रक्सीको नसामा विद्यालयमा तोडफोड

राजविराज, १६ चैत्र । सप्तरीको जमुनी मधेपुरा गाविसको पर्साहीमा रहेको विद्यालयमा तोडफोड गर्ने दुई जना दाजुभाइलाई स्थानीयवासिन्दाले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ ।
पक्राउ पर्नेमा स्थानिय जितेन्द्रकुमार यादव र धर्मेन्द्रकुमार यादव रहेका छन् । दुवै दाजूभाइले मादक पदार्थ सेवक गरी आधारभूत विद्यालयको वाउण्ड्री वाल र कक्षाकोठाको वाल तोडफोड गरेका छन् । विद्यालयका प्रधानाध्यापक नरेशकुमार यादवले दिएको जानकारी अनुसार मङ्गलवार राति मादक पदार्थ सेवन गरी दुवै दाजूभाइले विद्यालयमा तोडफोड गरेका छन् । तोडफोडबाट विद्यालयको वाउण्ड्री वाँल र कक्षाकोठाको वालमा क्षति भएको उनले बताए ।
उनका अनुसार विद्यालयमा तोडफोड गरिरहेका उनीहरुलाई स्थानियवासिन्दाले हेरेपछि पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ । विद्यालयमा यसअघि पनि पटक–पटक यस्ता तोडफोडका घटना भईसकेको बताउँदै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ब्रह्मदेव यादवले पक्राउ परेका दाजूदाइलाई कडा कारवाही र क्षतिपुर्तिको माग समेत गरेका छन् ।
यता सप्तरीका एसपी अनुराग दिवेदीले दुवै दाजूभाइले मादक पदार्थको नशामा विद्यालयमा तोडफोड गरेको बताएका छन् । उनीहरुलाई थुनामा राखि कारवाही प्रकृया अगाडि बढाईएको उनले जानकारी दिएका छन् ।