• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एभिन्युजकर्मी वैद्यनाथ नगद र कदरपत्रसहित सम्मानित

एभिन्युजकर्मी वैद्यनाथ नगद र कदरपत्रसहित सम्मानित

राजविराज, १४ चैत्र । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा गत फागुन २३ गतेको सप्तरी झडपमा जोखिमपुर्ण एवम् निष्पक्ष रिपोर्टिङ्ग गरेको भन्दै सप्तरीका पत्रकार वैद्यनाथ यादव सम्मानित भएका छन् ।
एभिन्युज टेलीभिजनमा सम्प्रेशण भएको भिडिओ फुटेजका आधारमा एएनटि–अस्ट्रेलिया (एसोसिएसन अफ नेपाल–तराई ईन अस्टे«लिया) नामक संस्थाले सोमवार राजविराजमा एक कार्यक्रम आयोजना गरी यादवलाई सम्मान गरिएको हो । एएनटि–अस्ट्रेलियाले पहल नेपाल संस्था मार्फत यादवलाई नगद २१ हजार र कदर पत्र सहित सम्मान गरेको छ । पहल नेपालका केन्द्रीय अध्यक्ष सरोज रायले एभिन्युज टेलीभिजनमा सप्तरीको घटनासँग सम्वन्धित प्रसारीत समाचार जोखिमपुर्ण अवस्थामा पनि सत्यतथ्यमा आधारीत भएकोले सम्मान गरिएको उनले जानकारी दिएका छन् ।
पत्रकार यादव विगत १८ वर्षदेखि सप्तरीलाई कार्य क्षेत्र वनाएर स्थानीय तथा राष्ट्रिय मिडियाहरुमा पत्रकारिता गर्दै आएका छन् । पत्रकार यादव एभिन्युज टेलिभिजन, सप्तरी जागरण साप्ताहिकका सम्पादक, सप्तरी जागरण अनलाइनका कार्यकारी प्रमुख हुन् ।