• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

आइडियल सहकारीद्वारा मलेठ घटनाका मृतक परिवारलाई सहयोग

आइडियल सहकारीद्वारा मलेठ घटनाका मृतक परिवारलाई सहयोग

राजविराज, ११ फागुन । गत फागुन २३ गते प्रहरीको गोलीबाट मृत्यु भएका पाँच जनाको परिवारलाई सम्मानसहित आइडियल सहकारी संस्थाले शुक्रवार आर्थिक सहयोग उपलब्ध गरेको छ ।
राजविराजस्थित आइडियल सहकारी संस्थाले प्रहरीको गोलीबाट ज्यान गुमाउने पाँचै जनाका पत्नीलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । संस्थाले पाँचै जनाको पत्नीलाई १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
राजविराजस्थित सप्तरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गर्दै आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष गणेश कुमार आसले दोसल्ला ओढाएर रकम प्रदान गरेका छन् ।
प्रहरीको गोली लागेर ज्यान गुमाउने मलेठ २ का सञ्जन मेहता र बिरेन्द्र महतो, मलेठ ४ का पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द साह र जमुनी मधेपुरा गाविसका इनरदेव यादवकी पत्नीलाई सहयोग गरिएको छ । संस्थाका अध्यक्ष आशको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष शेखर कुमार सिंह, प्रेस काउन्सिलका पूर्व सदस्य मुरली यादव, संस्थाका सञ्चालक समिति सदस्य शैलेश चौधरी, नागरिक समाजका थानसिंह भन्साली, सगरमाथा यातायात संघका अध्यक्ष नुरुल होदा अन्सारी, वरिष्ठ पत्रकार शिबहरी भट्टराईसहितको उपस्थिति थियो । स्वागत मन्तव्य शैलेश चौधरी तथा कार्यक्रम सञ्चालन पत्रकार चन्दन यादवले गरेका छन् ।