• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेपालगञ्जमा प्रदर्शनकारी भाटको उपचारको क्रममा मृत्यु

नेपालगञ्जमा प्रदर्शनकारी भाटको उपचारको क्रममा मृत्यु

राजविराज, ५ चैत । नेपालगन्जमा प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका सोनपुर–८, गोनाहनाका एक प्रदर्शनकारीको उपचारको क्रममा शनिवार मृत्यु भएको छ ।
मोर्चाका कार्यकर्ता ६५ वर्षिय जमील भाटको अपराह्न मेडिकल कलेज नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । गत चैत्र १ गते मोर्चाको विरोध प्रदर्शनका क्रममा प्रहरीले स्थानीयको घरघरमा पसेर महिला, बालबालिका, बृद्धबृद्धालाई निर्घात कुटपिट गरेको थियो । कुटपीटबाट घाइते भएका भाटको उपचारको क्रममा मृत्यु भएको सञ्चारकर्मी महेश चौरसियाले जनाएका छन् ।