• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा ६ सय जना विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित

सप्तरीमा ६ सय जना विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित

राजविराज, ४ चैत्र । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सप्तरीबाट ६ सय ९ जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
तोकिएको समयभित्र विद्यालयमा राजस्व नबुझाएको, बीचमै विद्यालय छाडेको, ७५ प्रतिशत हाजिर नपुगेको र फर्ममा त्रुटि देखिएका विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित भएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले बताएका छन् । नियमिततर्फ ४ हजार २ सय ८५ छात्रा, ४ हजार ३ सय ५४ छात्र, आशिकतर्फ ८ सय ४४ छात्रा, ६ सय २५ छात्र तथा आशिक ग्रेड वृद्धितर्फ १ हजार ८ सय १५ छात्रा र ९ सय ६९ छात्र गरी जम्मा १२ हजार ८ सय ९२ जना विद्यार्थीले परीक्षामा सहभागी भएका छन् । जिल्ला शिक्षा कार्यालय सप्तरीका परिक्षा शाखा प्रमुख विरेन्द्र चौधरीका अनुसार सप्तरीमा कुल कक्षा १० मा अध्ययनरत १३ हजार ५ सय १ जना विद्यार्थी रहेको छ ।
एसइईका लागि जिल्लाभरिमा संस्थागत, खुल्ला र प्राविधिक गरी जम्मा १ सय ९ वटा विद्यालयमा कायम गरिएको परीक्षा केन्द्रहरुमा शान्तिपूर्वक तवरले परीक्षा सञ्चालन भईरहेको जिल्ला शिक्षा अधिकारी पाण्डेले बताएका छन् । साविकको एलएलसी परीक्षाकालागि जिल्लामा ४१ केन्द्राध्यक्ष, ६३ सहायक केन्द्राध्यक्ष, ५ सय ३४ निरीक्षक र २ सय ७८ सहायक कर्मचारी गरी जम्मा कर्मचारी ९ सय १६ जना कर्मचारी खटाईएको उनले जानकारी दिएका छन् । परिक्षा मर्यादीत रुपमा सम्पन्न गर्नका लागि सप्तरीमा प्रत्येक केन्द्रमा १५÷१५ जना गरी जम्मा ६ सय १५ जना सुरक्षाकर्मी खटिएको उनले बताए ।