• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रहरीले जानी–जानी छाती र टाउकोमा गोली हानेको छः अध्यक्ष साह

प्रहरीले जानी–जानी छाती र टाउकोमा गोली हानेको छः अध्यक्ष साह

राजविराज, ४ चैत । नेकपा (संयुक्त)द्वारा सप्तरीको प्रसवनी–४ स्थित टेंंगरी गाउँमा शुक्रबार श्रद्धाञ्जली सभाको आयोजना गरियो ।
नेकपा एमाले पार्टीको मेची–महाकाली अभियान अन्तर्गत मलेठ स्थित औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएका स्वास्थ्यकर्मी आनन्द साहको १३औं पुण्यतिथिमा श्रद्धाञ्जली सभा गरिएको हो । श्रद्धाञ्जली सभामा नेकपा (संयुक्त) पार्टीका अध्यक्ष गणेश साहले भने निर्दोष मधेशी जनतामाथि जानी–जानी छाती र टाउकोमा गोली हानेको भन्दै राज्यले यसको जवाफ दिनुपर्नेमा जोड दिए । राज्य पक्षबाट बल प्रयोग गरी प्रहरीद्वारा गोली चलाएको घटनाले निष्पक्ष छानविन गरी दोषीमाथि कार्वाही हुनपर्ने उनले बताए।
स्वास्थ्यकर्मी साह देशकै छोरो भएको बताउँदै उनले भने ‘हाम्रो पार्टीमा वरिष्ठ नेता कमरेड नारायण साहको जेठो पुत्रको मृत्युले ठूलो क्षति पु¥याएको छ ।’ नेकपा (संयुक्त) का २ नम्बर प्रदेशका अध्यक्ष तथा पोलिटव्यूरो सदस्य मदनमोहन चौधरीले भने सरकारले गरेको ताण्डव नृत्यको मूल्य मधेशी जनताले एक दिन अशुली गर्ने बताए । राज्य पक्षद्वारा अमानवीय तथा विभत्स तरिकाबाट गोली चलाएको भन्दै आन्दोलनमा सहभागी नरहेका निर्दोष व्यक्तिमाथि गोली किन चलाएको ? प्रश्न गर्दै उनले भने ‘ निर्दोष जनतामाथि गोली चलाएर सरकारले घोर अमानवीय चरित्र प्रस्तुत गरेको छ, यस्ता क्रुर दमनकारी शैली विरुद्ध मधेशी जनता एकजुट हुनैपर्छ ।’जिल्ला नै शोकाकूल रहेको बताए ।
श्रद्धाञ्जली सभामा नेकपा (संयुक्त) का नेताहरु डम्बर बुढाथोकी, चन्द्रदेव कामती, सत्यनारायण यादव, प्रभु नारायण दास, जीवन सिंह, जिल्ला अध्यक्ष लक्ष्मण यादवलगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरे ।