• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आयोगको गाडिमा भएको तोडफोडप्रति मोर्चाद्वारा दुःख व्यक्त, सत्यतथ्य बाहिर ल्याउन आग्रह

आयोगको गाडिमा भएको तोडफोडप्रति मोर्चाद्वारा दुःख व्यक्त, सत्यतथ्य बाहिर ल्याउन आग्रह

राजविराज, ४ चैत । सप्तरी घटनाको विषयमा बुझ्न आइपुगेको राष्ट्रिय मानव अधिकार आयोगको गाडीमा भएको तोडफोडप्रति संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले दुःख व्यक्त गरेको छ ।
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवले विहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै गाडीमा भएको तोडफोड घटनाप्रति चिन्ता व्यक्त गरेका हुन् । एमाले र मोर्चाको अडानका कारण सम्भावित घट्ना हुन सक्ने कुराको मध्यनजर गर्दै सप्तरी आएको आयोगको टोलीले फागुन २३ गते टोलीका नवलकिशोर सिंह, रेवा रेग्मीसहितका चार जना बाहिर गोली चलिरहँदा समेत एमाले नेताहरुको भाषण सुन्न व्यस्त रहेको सञ्चार माध्यमहरुमा आइसकेको भन्दै प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘आयोगका यी टोलीका प्रतिनिधीहरु शायद बाहिर भएको भए पाँच जनाको ज्यान जाने थिएन भन्ने महसुस हामीले गरेका छौं ।’
आयोगका प्रतिनिधीहरु भाषण सुन्न व्यस्त रहेको भनी सञ्चार माध्यममा आउँदा आक्रोशित भिडले फागुन २४ गते आयोगको बा.५च ७४७३ नम्बरको गाडी तोड्फोड गरेको मोर्चाले जनाएको छ । घटनाको दुई दिनपछि फागुन २६ गते मलेठ घट्नाबारे बुझ्न आएका आयोग सदस्य एवं प्रवक्ता मोहना अन्सारी सवार गाडीमा पनि मलेठ गाविसमै आक्रोशित भिंडले ढुँगा प्रहार गरी गाडीमा तोड्फोड गरेको घट्नाप्रति आफुहरु चिन्तित भएको संयोजक यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पुरै मलेठ गाउँ शोकसहित आक्रोश भएको बेलामा आयोग सदस्य अन्सारी प्रहरी, प्रशासन र मोर्चासँग समेत कुनै समन्वय नगरी मलेठ गाउँ पुगेपछि आक्रोशित गाउँलेले ढुँगा प्रहार गरेको आफूहरुको बुझाई रहेको जनाईएको छ । आयोगको दुबै गाडी तोडफोड गरिएकोप्रति आफूहरु दुःखित भएको भन्दै आगामी दिनमा यस किसिमको घट्ना हुन नदिनका निम्ति आफूहरु सचेत रहने विश्वास समेत विज्ञप्तिमार्फत व्यक्त गरेको छ । सप्तरी घट्नाको सत्यतथ्य बाहिर ल्याइदिन समेत मोर्चाले आयोगसँग अनुरोध गरेको छ ।