• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अभिलेख

संघीय गठबन्धनद्वारा देशव्यापी आन्दोलन कार्यक्रम घोषणा

संघीय गठबन्धनद्वारा देशव्यापी आन्दोलन कार्यक्रम घोषणा

काठमाण्डौ, ३ चैत । २८ दलीय संघीय गठबन्धनको विहीवार सम्पन्न बैठकले मधेशसँगै पहाड र हिमालका जिल्लाहरुलाई केन्द्रीत आन्दोलन घोषणा गरेको छ ।
गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । चैत ३ गते संसदमा प्रतिनिधित्व गर्ने संघीय गठबन्धनसँग आबद्व दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक निर्णय गरेको छ । चैत ४ गतेदेखि जनअवज्ञा तथा असहयोग आन्दोलन, चैत १२ गते स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन ? भन्ने शिर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारहरूमा सार्वजनिक सुनुवाई, चैत १३ गते देशव्यापी सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जली सभा, काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गर्ने निर्णय गठबन्धनले गरेको छ ।
चैत १४ जिल्ला सदरमुकामहरूमा विशेष संरचना (स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र) बिनाको स्थानीय तहको प्रतिवेदन जलाउने, चैत १५ गते धनगढी, कैलाली, आयोजक – थरूहट तराई पार्टी र थरूहट संयुक्त संघर्ष समिति, चैत १६ गते कैलालीको अत्तरिया, आयोजक – खसान राष्ट्रिय संघर्ष समिति र थरूहट संयुक्त संघर्ष समिति, चैत १७ गते पोखरा, आयोजक – तमुवान संघर्ष समिति, चैत १८ गते उदयपुर, आयोजक – किरात संघर्ष समिति, चैत १९ गते दमक, आयोजक– संघीय लिम्बुवान राष्ट्रिय मञ्च र लिम्बुवान संयुक्त संघर्ष समिति, चैत २० गते हेटौडा, आयोजक – तामाङसालिङ संघर्ष समिति, आ.ज.पा, नेपाल र चैत २१ गते काठमाडौं, आयोजक – नेवा स्वायत्त राज्य संयुक्त संघर्ष समिति, नेपाः राष्ट्रिय पार्टी र ताम्सालिङ संयुक्त संघर्ष समितिले गर्ने निर्णय भएको प्रवक्ता डा. ओम गुरुङद्वारा विहीवार प्रेषित विज्ञप्तिमा जनाईएको छ ।
मोर्चा र गठबन्धनले संयुक्त रुपमा पेश गरेको २६ सूत्रीय माग सम्वोधन, परिमार्जन सहित संविधान संशोधन, केन्द्रले घोषणा गरेको स्थानीय निकाय को चुनाव फिर्ता लिई प्रदेश मातहत निर्वाचन घोषणा हुनुपर्ने, सहमतिको आधारमा स्थानीय तहको निर्धारण हुनुपर्ने, सप्तरी घटनाका मृतकलाई क्षतिपूर्तिसहित सहीद घोषणा, दोषीलाई कारवाही लगायतका मागहरु राख्दै गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । तस्विरः महेश चौरसिया/काठमाण्डौ